थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्‍यु

काठमाडौं, २८ साउन- पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Dadeldhura hospital

१० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २ हजार २९४ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २१२ पुगेको छ भने ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन्।

Loading...