सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने

 

काठमाण्डौ– आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार आज दिउँसो प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

Dadeldhura hospital

यस्तै, राति प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । केही ठाउँमा ठूलो वर्षाको सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेका ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

Navadurga sun
Godawari sandesh

पूर्वी क्षेत्रमा मनसुन केही सक्रिय भएकाले त्यस क्षेत्रमा ठूलो वर्षाको अनुमान गरिएको हो । काठमाण्डौमा पनि आज दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Loading...