अध्यारोमा रात बिताउँदै तिङ्कर प्रहरी

दार्चुला– दार्चुलाको त्रिदेशीय सीमा तिङ्करस्थित छाया लेकका नेपाल प्रहरी अँध्यारोमा रात बिताउन बाध्य छन् । चीनको सीमा नजिकै बस्ने प्रहरीका लागि वैकल्पिक उज्यालोको व्यवस्थापन नहुँदा उनीहरु अँध्यारोमा बस्न बाध्य भएका हुन् छायाँलेकमा उज्यालो नहुँदा प्रहरी राति ८ बजे नै सुत्ने गर्छन् । उज्यालो बनाउन मोबाइल बाल्नुपर्छ । मोबाइल चार्ज गर्न आधा घण्टा तल तिङ्कर गाउँ पुग्नुपर्छ । तिङ्करमा लघु जलविद्युत् छ । “प्रहरीमा भएको पुरानो सोलार बिग्रिएको रहेछ,” व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भने, “चीनसँगको सीमामा बस्ने प्रहरी अँध्यारोमा बसेको देख्दा दुःख लाग्यो ।” राज्यले सीमा क्षेत्रमा बस्ने प्रहरीका लागि न्यूनतम सुविधासमेत पुर्याएको रहेनछ ।

Ganyapdhura gau
Dadeldhura hospital

नेपाल–चीन सीमा स्तम्भसम्म जाने जोसुकै पनि त्यही छायालेक प्रहरीकोमा गएर बास बस्छन् तर अँध्यारोमा बसेका प्रहरीको समस्याबारे सबै बेखबरजस्तै भएकाले आफूले त्यहाँको प्रहरीका लागि सोलारको व्यवस्था गर्न पहल गर्ने उनले बताए । “हामीले सीधै प्रहरीलाई दिन नमिल्ने रहेछ”, उपाध्यक्ष कुँवरले भने,“प्रक्रिया मिलाएर वडामार्फत दिने सोच बनाएका छौँ ।”

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्ट छायालेकका प्रहरीको लागि आफूले सक्ने सहयोग गरेको बताए । उनले भने, “हामीसँग भएको स्रोत र साधनले भएजति ग¥यौँ तर सोलार किन्न पैसा हामीसँग हुँदैन् ।” विद्युत् र सौर्य ऊर्जा नभएकै कारण छायालेकका प्रहरी तीन चार दिनमा मात्रै जिल्लासँग सम्पर्कमा आउने गर्छन् ।

विद्युत्कै समस्याका कारण उनीहरुले नै जिल्ला कार्यालयमा सम्पर्क गर्न खोजेमात्रै सम्पर्क हुनेगर्छ । चौकीमा रहेको सञ्चार सेट तिङ्कर आएर चार्ज गर्नुपर्छ । फोनले काम गर्दैन । अहिले तिङ्कर गाउँमा नेपाल टेलिकमको एनटी सेट लाइन जडान गरे पनि प्रहरीले आफन्त तथा घर परिवारसँग कुरा गर्न पनि तिङ्कर गाउँ आउनुपर्ने बाध्यता छ । त्यहाँका प्रहरीले खाना पकाउन दाउरा नपाउँदा माटोभित्र पाइने जरा खनेर खाना पकाउन बाध्य भएका छन् । प्रहरी चौकीभन्दा जङ्गल निकै टाढा छ ।

Couple
Loading...