मनसुनमा अल्पकालीन ‘ब्रेक’: देशका अधिकांश ठाउँमा मौसम सफा रहने

काठमाडौं– नेपालको मनसुनमा अल्पकालीन ब्रेक लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनी वायुको प्रभाव घटेसँगै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Dadeldhura hospital

हाल प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्यता बदली रहेको छ। ती प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहे पनि भारी वर्षाको भने सम्भावना नरहेको महाशाखाले जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज (शनिबार) दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली हुँदै मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Loading...