सेनाको साइकल यात्रामा बिष्ट प्रथम

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले आयोजना गरेको साइकल यात्रामा महेन्द्रनगरका भुवन विष्ट प्रथम भएका छन् ।  “स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व” भन्ने मूल नाराका साथ आयोजित ‘शुक्ला-दोधाराचादँनी’ साइकल यात्रामा एक घण्टा ४४ मिनेट ५१ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै बिष्ट प्रथम भएका हुन् ।

नेपाली सेनाले कञ्चनपुरमा पहिलो पटक आयोजना गरेको साइकल यात्रामा केशव सिंह भण्डारी द्वितीय र नेपाली सेनाका लालबहादुर गुरुङ तृतीय भएका छन् । प्रतियोगितामा ६३ जना भन्दा बढीको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

साइकल यात्रा सकिएपछि रुद्रध्वज गण मझगाउँ ब्यारेकमा आयोजित कार्यक्रममा नेपाली सेनाको पश्चिम कमाण्डका सेनापति उपरथी हिरालाल जोशीले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विजयी साइकल यात्रीहरूलाई साइकल, प्रमाण पत्र सहित पुरस्कृत गरेका थिए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, आयोजक श्री नम्बर २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकाल लगायतको सहभागिता रहेको थियो ।

समय समयमा निःशुल्क स्वास्थ्य शिविर, विभिन्न जनचेतनामूलक कार्यक्रम र सार्वजनिक सम्पत्तिको संरक्षण र संवर्द्धन समेत गर्दै आएको नेपाली सेनाले स्वास्थ्य र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कञ्चनपुरमा पहिलो पटक साइकल यात्रा आयोजना गरेको छ ।

Loading...