सुदूरपश्चिमका आज एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु

धनगढी, १६ बैशाख- बिहीबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ६, कञ्चनपुरका ३, अछाम र बझाङका एक/एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नं.३ का ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो । संक्रमण पुष्टि भएको १२ घण्टामै उनको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलाली लम्कीचुहा नगरपालिका वडा नं. २ का ३३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका वडा नं.१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

Dadeldhura hospital

आजै कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनमा कोभिड संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । जोशीका अनुसार आजै घोडाघोडी नगरपालिका वडा नं.१२ का २८ वर्षीय कोरोना संक्रमित युवकको पनि सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । सूचना अधिकारी जोशीले आजै धनगढी उपमहानगरपालिकाका ४० वर्षीय पुरुषको पनि कोभिड संक्रमणबाट मृत्यु भएको बताए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.१९ का २१ वर्षीय युवक, महाकाली नगरपालिकाका ३० वर्षीय युवक र भीमदत्त नगरपालिका वडा नं.१८ की ३६ वर्षीया एक महिलाको आजै मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ । अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाका अनुसार भीमदत्त नगरपालिका वडा नं.१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पनि पुष्टि भएको थियो । यस्तै ३० वर्षीय युवकलाई मंगलबार अस्पतालमा उपचारको लागि भर्ना गरिएको उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनी भारतबाट आएका थिए ।

त्यसैगरी अछामका एक वृद्धको पनि मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढी गाउँपालिका वडा नं.५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुङ्गानाको मृत्यु भएको हो । ढुंगानाको नेपालगंजबाटबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको हो ।

त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट बझाङमा पनि एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका वडा नं.५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

Loading...