कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर, ५ असार– कञ्चनपुरमा प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । शनिबार साँझ बेलौरी नगरपालिका वडा नं. १० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका वडा नं. २ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...