सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २२७ जनामा कोरोना पुस्टि

Dadeldhura hospital

धनगढी, १५ बैशाख– सुदूरपश्चिममा थप २२७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० नमूना परीक्षण गर्दा २२७ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। त्यसैगरी कैलालीका २०२ जना रहेका छन्। उनीहरुको ठेगाना भने खुलाइएको छैन।

हाल अस्पतालमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, ८ जना आइसियूमा, २३ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

Loading...