कञ्चनपुरको कृष्णपुर स्वास्थ्य चौकी २४ घण्टे इमरजेन्सी सेवा शुभारम्भ

प्रकाशबहादुर बोहरा
अत्तरिया, १ असार- कञ्चनपुरको कृष्णपुर स्वास्थ्य चौकी २४ घण्टे इमरजेन्सी सेवा शुभारम्भ गर्ने भएको छ । कृष्णपुर नगरपालिका ५ गुलरियामा रहेको उक्त भवनबाट इमरजेन्सी सेवा शुभारम्भ भएको बुधबार एक कार्यक्रमका बिच जानकारी गराइएको हो ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको समापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री गोविन्द राज बोहरा रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री बोहराले बोल्दै स्वास्थ्य र शिक्षा एकदमै महत्वपूणर् रहेको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा एउटा नयाँ निति बनाएर अगी बढ्ने भन्नेमा लागेका छौ ।

‘नौ वटै जिल्लामा यी कुराहरु लागु गर्न नयाँ निति बनाउँदछु ।’ उनले भने ‘स्थानिय र प्रदेश सरकारको समन्वय कसरी गर्न सकिन्छ भन्ने कुरा विधेयकमा पेश गरेको छु त्यो विधेयक छलफलको क्रममा रहेको र त्यो विधेयक एक हप्ता भित्र पास हुने समेत उनले बताए ।

त्यसैगरी विशिष्ठ अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य देव राज पाठक, श्याम लाल राना, बुद्धिजीवी, कर्मचारी, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमा स्वागत मन्तव्य कृष्णपुर नगरपालिकाका नगर प्रवक्ता मोहन बहादुर बस्नेतले गरेको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख रतन सिह बिष्ट रहेका थिए ।

Loading...