सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा दीक्षान्त समारोह हुँदै

कञ्चनपुर, १ असार- कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् । आगामी शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।

Dadeldhura hospital

दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका कुलपति शेरबहादुर देउवा, शिक्षामन्त्री लगायतको सहभागिता रहनेछ। समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो. एसके जोशी पनि आउने बताइएको छ ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी उक्त समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका १ हजार ५५८ विद्यार्थी दीक्षित हुनेछन् । विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले दोस्रो दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुने बताए ।

Loading...