भीमदत्त नगरपालिका १३ को कामकाज आफ्नै भवनबाट शुरु

कञ्चनपुर, ३० जेठ- कञ्चनपुरको भीमदत्त नगरपालिका १३ नम्बर वडाले आफ्नै भवनबाट कामकाज शुरु गरेको छ । सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका १३ ले आफ्नै नयाँ प्रशासकीय भवनबाट कामकाज सेवा शुरु गरेको हो ।

Dadeldhura hospital

यस अघि भाडाका घरमा कार्यालय सचालन हुँदै आइरहेको थियो । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आथित्यमा नयाँ भवनमा कामकाज शुरुवात गरिएको हो । मेयर बोगटीले जनताको सेवा प्रवाहमा जनप्रतिनिधी र कर्मचारीले ध्यान दिनुपर्नेमा जोडदिदै वडा वडाहरुमा ७५ बर्ष भन्दा माथि उमेर पुगेका जेष्ठ नागरिकलाई सेवा दिने बताए ।

Navadurga sun
Godawari sandesh

कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) ले वडाको सेवा र विकासका लागि सदैव त्तलिन हुने भन्दै पालिकाबाट समेत केही योजना दिनुपर्नेमा जोड दिए । वडा सचिव हर्क बहादुर धामीले संचालन गरेको कार्यक्रममा मेयर पदम बोगटी, प्रशासकीय अधिकृत हरिसिह धामी सहितका जनप्रतिनिधी कर्मचारी एव स्थानीयको उपस्थिति रहेको थियो ।

Loading...