महाकाली अस्पतालमा विभिन्न माग सहित ज्ञापनपत्र

Dadeldhura hospital

कञ्चनपुर, २६ जेठ– नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिले महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पताल विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ साथै अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल समेत वितरण गरेका छन ।

अस्पताललाई सभ्य सुलभ, सहज र बिरामी मैत्री थलोको रूपमा विकास गर्न सुझाव दिँदै फार्मेसी व्यवस्थित बनाउनु पर्ने, अस्पतालमा सरसफाइको ध्यान दिनुपर्ने, थन्किएर रहेका उपकरणहरू यथासिघ्र सञ्चालनमा ल्याउनु पर्ने लगायतका मागहरु हाम्रो संगठनको रहेको अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले बताए ।

Navadurga sun
Godawari sandesh
Loading...