माओवादी नेता एसके पशुपति टोल विकास संस्थाको अध्यक्षमा चयन

कञ्चनपुर, २६ जेठ– नेकपा माओवादी केन्द्र कञ्चनपुर भीमदत्त नगरका युवा नेता बलराम एसके पशुपति टोल विकास संस्थाको अध्यक्षमा चयन भएका छन ।

Dadeldhura hospital

बिहीबार भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौर पशुपति टोल विकास संस्थाको भेलाले अध्यक्षमा माओवादी युवा नेता एसकेलाई चयन गरेको हो ।

Navadurga sun
Godawari sandesh

एसके नेकपा माओवादी केन्द्र भीमदत्त नगर कमिटि सदस्य एव वाईसियल नगर संयोजक रहेका छन । उनी गाँउको विकास निर्माणका लागि खटिदै आएका छन ।

सचिव लोकन्द्र सिह, कोषाध्यक्ष राधिका देउवा सदस्यमा राम बहादुर सिह, धर्मानन्द पाण्डे, लक्ष्मण भट्ट, टेक बहादुर सह, शुशिला सिह, कौसिल्या सिह चयन भएका छन । पशुपति टोल विकास संस्थाको अध्यक्षमा चयन भएका बलराम एसकेले टोलको दिगो विकासका लागि आफ्नोबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

Loading...