नेपाली जमिन खनजोत गर्न भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर, १९ जेठ– कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० स्थित सडकघाटमा नेपाली किसानहरूलाई जमिन खनजोत गर्न भारतीय सुरक्षाकर्मीले अवरोध सृजना गरेका छन् । आफ्नो नाममा दर्तावाल जमिनमा खेतीपातीका लागि खनजोत गर्न गएका नेपाली किसानहरूलाई भारतीय सुरक्षाकर्मीले डरत्रास देखाउँदै धम्की दिएको हो ।

बुधबार मात्रै पनि ट्याक्टर लिएर खेत जोत्न पुगेका बेलौरी नगरपालिका वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को एक टोलीले खेतमै आएर जोत्न रोक लगाई त्यहाँबाट फर्काएको थियो । अन्य सर्वसाधारण किसानहरूलाई समेत भारतीय सुरक्षाकर्मीहरूले बेलाबेलामा डरत्रास देखाउने गरेको स्थानीयको भनाइ छ।

Navadurga sun

भारतीय एसएसबीले गुगलमा नक्सा हेरी यो जमिन त भारतमा पर्छ भनेर अवरोध सृजना गर्ने गरेको बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सोमलाल चौधरीको भनाइ छ । भारतीय सुरक्षाकर्मीले भारतमा पर्ने भन्दै दाबी गर्ने गरेको उक्त जमिनको लालपुर्जा आफुसँग रहेको र दशकौंदेखि आफैंले कर समेत तिर्दै आएको हुँदा नेपाली लालपुर्जा भएको जमिन भारतमा कसरी पर्यो भन्दै जग्गाधनी नेपाली किसानहरूले प्रश्न गर्ने गरेका छन् ।

कञ्चनपुर जिल्लाका पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त र दोधाराचाँदनीका विभिन्न भूभागमा भारतीय पक्षले दशकौंदेखि नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...