कञ्चनपुर उल्टाखाममा हिंसाबाट पीडित बालिकाको परिवारलाई पाँच लाख नगद सहयोग

कञ्चनपुर– भीमदत्त नगरपालिकाले उल्टाखाममा हिंसाबाट पीडित बालिकाको परिवारलाई पाँच लाख नगद सहयोग दिने निर्णय गरेको छ । भीमदत्तका नगरप्रमुख पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गराएका छन् ।

Dadeldhura hospital

कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ । नगरप्रमुखको सचिवालयका नायबसुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र शिक्षा अध्ययनका लागि जिम्मेवारी दिइने निर्णय गरिएको बताए ।

Navadurga sun
Godawari sandesh

‘मुख्यरूपमा पीडित बालिकाका परिवारलाई सहयोग र उच्च शिक्षा अध्ययनका लागि जिम्मा लिने निर्णय गरिएको छ’, उनले भने, ‘त्यसबाहेक निर्वाचनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनेलगायतका निर्णय गरिएका छन् ।’

बालिकामाथि हिंसा भएको घटना बाहिर आएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। हिंसामा संलग्न भीमदत्त–२ उल्टाखामका ३४ वर्षीय दिनेश मालीले घरभित्रै झुण्डिएर आत्महत्या गरेका थिए । (रासस)

Loading...