सुख्खा पहिरो खस्दा २ बालकको मृत्यु




जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरो खस्दा २ बालकको मृत्यु भएको छ। तिला गाउँपालिकामा घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।



जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावतलको मृत्यु भएको हो।


दुवै जना बालक घरको जग खनिरहेको स्थान नजिकै खेली रहेको अवस्थामा पहिरो खसेको उनको भनाइ छ। मृतक बालक शिशिर रणबहादुरका छोरा हुन् भने अर्का बालक हिमीश बोहोराका नातेदारको छोरा हुन्। पहिरोमा परेर रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा पनि घाइते भएकी छन्।



