सुपका थप २५ जनामा कोरोना पुष्टि

Dadeldhura hospital

धनगढी, ८ बैशाख- सुदूरपश्चिममा थप २५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परीक्षणमा २३१ नमूना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

Ganyapdhura gau

श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १३ जना, गोदावरी नगरपालिकाका ८ जना, घोडाघोडी नगरपालिका, चुरे गाँउपालिका, कञ्चनपुरको लालझाडी गाँउपालिका र डोटीको जोरायल गाँउपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ५ जना महिला र २० जना पुरुष रहेका छन् । हाल अस्पतालमा ३८ जना कोरोना संक्रमितको उपचार भईरहेको समेत अस्पतालले जनाएको छ ।

Loading...