गोदावरी नगरपालिकाका विद्यालय १० दिनका लागि बन्द (सूचना सहित)



अत्तरिया, ८ बैशाख- कैलालीको गोदावरी नगरपालिकाका विद्यालय १० दिनका लागि बन्द भएका छन् । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बैशाख ९ गते देखि १८ गते सम्म विद्यालय बन्द गरिएको जनाएको छ ।


नगरप्रमुख हरी सिं साउँदद्धारा हस्ताक्षरित सूचनामा नगरपालिकामा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको पत्र र कोभिड –१९ को संक्रमणलाई मध्यनजर गरी सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय, मल्टेश्वरी, ट्युसन तथा कोचिङ्ग सेन्टर र विभिन्न आयोगका तयारी कक्षा बन्द गर्न अनुरोध गरिएको छ । मंगलबार मात्रै नगरपालिकाले यस क्षेत्रका बिधालयका प्रतिनिधीहरु सँग छलफल गरेको थियो ।

