कृष्णपुर मेयरका लागि समाजवादीबाट युवा नेता सुरेन्द्र बम सिफारिस





कञ्चनपुर, ८ बैशाख- स्थानीय तहको चुनावका लागि नेकपा एकीकृत समाजवादी पाटीबाट कृष्णपुर नगरपालिका मेयरका लागि युवा नेता सुरेन्द्र बम सिफारिस भएका छन । नेकपा एकीकृत समाजवादी पाटी कृष्णपुर नगर कमिटिले मेयरका लागि युवा नेता बमलाई सिफारिस गरेको हो ।



समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य समेत रहेको कञ्चनपुरका युवा नेता बमलाई मेयरका लागि अघि सारिएको छ । झण्डै दुई दशक देखि राजनीतिमा सकृय रहेका बम सहित २ जना मेयर र पाँच उप मेयरका लागि सिफारिस भएका छन । मेयरका लागि बम सहित जगदिश भट्ट, उप मेयरका लागि कमला थापा (पाण्डे), कुवेर सिह, मञ्जु नेपाली, राधा चौधरी जयन्ती केसी (बोहरा) सिफारिस भएका छन ।


मेयरका लागि बम बलिया र प्रबल दाबेदार उम्मेदवारका रुपमा अघि सारिएका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको पुर्नस्थापनाका लागि आयोगका अध्यक्ष समेत रहेका बम समाजसेवी एव विभिन्न संघ संस्थामा आबद्ध छन। बमले झण्डै ६ बर्ष अघि पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका २ वाणिमा निःशुल्क खानेपानीको प्रबन्ध समेत गरि दिएका छन । कञ्चनपुरका समाजसेवीका रुपमा परिचित बमलाई अन्य पार्टी एव जनताको समेत साथ र सर्मथन रहेको छ ।



