कञ्चनपुरको आईबीआरडी बजारमा नेविसंघद्वारा दीप प्रज्वलन

कञ्चनपुर, ७ बैशाख– कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ३ आईबीआरडी बजारमा दीप प्रज्वलन गरेको छ । मंगलबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा कञ्चनपुर क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीले शुभकामनासँगै दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

नेविसंघ सुदूरपश्चिम क्याम्पसकी उपसभापति गोमा अर्यालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेविसंघ पुर्वाञ्चल विश्व विद्यालयका केन्द्रीय उपाध्यक्ष यज्ञ खड्का थिए । प्रमुख अतिथीको तर्फबाट बोल्दै खड्काले नेविसंघ देशमा आमूल परिवर्तनका लागि नेता उत्पादन गर्ने एक संस्था भएको बताए ।

Navadurga sun

नेवि संघले शैक्षिक सुधारको लागि खबरदारी मात्र नभएर सामाजिक सुधार र राजनितिक खबरदारी पनि गर्ने गरेको उनको तर्क छ । उनले कांग्रेस आफैमा सक्षम पार्टी भएकाले आउँदै गरेको स्थानीय तहमा यस क्षेत्रमा कसैसंग गठबन्धन गर्न आवश्यक नभएको जानकारी दिए ।

बेलौरी महाकाली क्याम्पस इकाइ कमिटी सभापती अशोक शाहको स्वागत मन्तव्य रहेको उक्त दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व कंञ्चनपुर जिल्ला पार्टी उपसभापति बन्धु राना, पूर्व नगर सभापति यमप्रसाद पौडेल, महाधिवेशन प्रतिनिधि तुला राना, प्रदेश ’क’ पार्टी सभापति मानबहादुर रोकाया, नगर उपसभापति खगेन्द्र ओझा, नगर उपसभापति नगेन्द्र श्रेष्ठ, नगर सचिव परी रावल, नेता नवीन शर्मा लगायतका नेताहरु सहभागी थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...