कञ्चनपुरमा सिँचाईको नहरमा एक महिला मृत फेला



कञ्चनपुर, ७ बैशाख- कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको बेल्डांडी गाउंपालिका वडा नं. ५ झिलमीलाकी ५५ वर्षीया घुम्मा राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए । राना महाकाली सिँचाई शाखा नहरमा डुवेको अवस्थामा फेला परेकी हुन् । उनी मानसिक रोगी समेत भएको प्रहरीले जनाएकाे छ ।



