दार्चुलामा एक युवक मृत फेला





दार्चुला, ३ बैशाख– दार्चुलामा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा १९ वर्षीय जगदिश ठगुन्ना मृत फेला परेका हुन् ।


शनिबार बिहान ९ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले बताए । शुक्रबार राति नै उनको मृत्यु भएको बताइएको छ । यस्तै उनको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

