कञ्चनपुर शुक्लाफाटा १ को वडाध्यक्षमा समाजवादीबाट बिष्टलाई उम्मेद्वार बनाउन सिफारिस





कञ्चनपुर, ३० चैत– कञ्चनपुर शुक्लाफाटा १ को वडाध्यक्षमा समाजवादीबाट मदनबहादुर बिष्टलाई उम्मेद्वार बनाउन सिफारिस छ ।


सुदूरपश्चिम सरकारका पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खड्काका स्वकीय सचिव समेत रहेका बिष्टलाई शुक्लाफाटा नगर कमिटीले उम्मेद्वार बनाउन सिफारिस गरेको हो । उनी अनेरास्ववियू केन्दिय सदस्य तथा शुक्लाफाटा नगर सचिवालय सदस्य समेत हुन् ।

