एक जना भारतीय नागरिकको धनगढीमा मृत्यु

Dadeldhura hospital

धनगढी, ७ बैशाख- एक जना भारतीय नागरिकको धनगढीमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ५ तारानगर बस्दै आएका अन्दाजी वर्ष ४५ का सुकदेव चौहानको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सल्फास नामक विषादी सेवन गरेका चौहानको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...