खैरो हेरोइन सहित २ जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर, २९ चैत– अबैध लागूऔषध खैरो हेरोइन सहित बेदकोटका २ युवालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार सूर्तीको प्याकेट भित्र १ ग्राम २९ मिलिग्राम खैरो हेरोइन सहित बेदकोट नगरपालिका वडा नं. ९ का शंकरसिंह साउद र करनसिंह साउदलाई गस्ती टोलीले भासीबाट पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक बमले बताए ।

Loading...