शिक्षक संगठन कञ्चनपुरद्वारा बिरामीलाई फलफूल वितरण

कञ्चनपुर, २९ चैत– नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरले ४३औं शिक्षक स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ । संगठनले मंगलबार महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रममा संगठनका प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष दामोदर भट्ट, पूर्व केन्द्रीय कमिटी महिला उपाध्यक्ष चन्द्रकला पन्त, पूर्व राष्ट्रिय महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला अध्यक्ष हरिशप्रसाद जोशी, महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट ‘किरण’, निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट गिरिश अवस्थी, जिल्ला महिला उपाध्यक्ष भुवनेश्वरी रावल, सचिव, कोषाध्यक्ष र लगायत नगर कमिटी सचिव दिवाकर जोशी समेतको उपस्थिती रहेको थिए ।

Navadurga sun

अस्पतालको जनरल वार्ड र क्याबिन लगायतमा रहेका ५५ जना बिरामीलाई फलफूल वितरण गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरिएको संगठनका जिल्ला सचिव उत्तम विष्टले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...