लागुऔषध सहित कञ्चनपुरमा तीन जना पक्राउ




कञ्चनपुर, २६ चैत- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ११ भुजेलाबाट प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।



शनिबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो ।


पक्राउ परेका उनिहरुको साथबाट १९ दशमलव ५ ग्राम चरेस, प्रि ग्याब्लिक क्याप्सुल ६ पिस र इन्ट्रिकफ ट्याब्लेट १४ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए । पक्राउ परेका तीनै जना माथि प्रहरीले थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।