मोटरसाइकल एकआपसमा ठोक्किंदा २ जनाको मृत्यु, २ जना घाइते

धनगढी, २५ चैत– कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
गोदावरी नगरपालिका वडा नं. ३ मा सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरका मोटरसाइकल बिहीबार राति एकआपसमा ठोक्किएका थिए ।

Dadeldhura hospital

मोटरसाईकल दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ७ का ३० वर्षीय पुरन कुमार मडै र कृष्णपुर नगरपालिका वडा नं. ५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक बेदप्रकाश जोशीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

उनका अनुसार मृतक दुवै जना मोटरसाइकल चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गएराति सवा १० बजे मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका अन्य दुई जनाको अवस्था खतरामुक्त छ । दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Loading...