समाजवादीवाट गोदावरीको मेयरमा रत्ना कडायतको दाबी




अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको मेयरमा रत्ना कडायतले दाबी गरेकी छन् । हाल उपमेयर रहेकी कडायतले आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एकिकृत समाजबादीका तर्फवाट मेयरमा दाबी गरेकी हुन् ।



कडायत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट बिजयी भएकी थिइन् । तर हाल उनी नेकपा एकीकृत समाजवादी पार्टीमा रहेकी छन् । उनले ५ बर्ष उपमेयर पदमा बसेर काम गरिसकेको र मेयरका लागि तयारीमा रहेको बताउकी हुन् । उनी उप मेयर हुदाँ जनता माझँ निकै लोकप्रिय बनेकी छन् । गोदावरीको मेयरमा एमालेकै उम्मेदवारले जितेपनि फरक खेमा हुदाँ उनले केही अधिकार पाउन सकेकी थिइनन् ।


उनले न्यायिक समितिको संयोजक भएर काम गर्दा भने सबै पिडामा रहेका नगरबासीहरुले न्याय पाएको अनुभूति हुने गरेको मेलामिलापका लागि नगरपालिका सम्म धाउनेहरु बताउने गर्दथे । उनले आफुसंग नगरपालिकालाई कुन मोडमा लैजाने यसको जनताहरु के चहान्छन त्यो आफुले ५ बर्षे कार्यकालमा राम्ररी बुझेका कारण यस पटक प्रमुख पदमा रहेर जनताहरुको सेवा र नगरको विकास गर्ने आकांक्षा रहेको उनले बताइन् ।
उनले गत निर्वाचनमा जनताहरुलाई थुप्रै आश्वासनहरु बाडेपनि अहिले कार्यकाल सकिदै गर्दा केही गर्न नसकेकोमा आफैलाई दख लागि रहेकाले अब सम्पूर्ण अधिकार र जिम्मेवारी पाएमा ति सबै बाचाहरु पुरा गर्नका लागि आफुले रातदिन नभनि खटिने उनले प्रतिबद्धता जनाएकी छन् । कडायतले देशभर गठबन्धन भएपनि गोदावरीमा आफुहरुको दाबी मेयर नै रहने बताईन् । कडायत नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रिय परिषद सदस्य तथा कैलाली जिल्ला उपाध्यक्ष समेत हुन् ।