कैलालीको भूमिसुधार तथा मालपोत कार्यालयले नागरिकहरुलाई बार अनुसार सेवा दिने


धनगढी, ७ बैशाख- भूमिसुधार तथा मालपोत कार्यालय कैलालीले विभिन्न स्थानीय तहका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ । कोभिड-१९ को जोखिम बढेपछि विभिन्न स्थानीय तहका नागरिकलाई सेवा दिन विभिन्न बार तोकिएको हो ।



जसमा गोदावरी नगरपालिका अत्तरियाका नागरिकहरुले मंगलबार र बुधबार सेवा लिन पाउने छन् ।
त्यसैगरी गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाका नागरिकहरुले मंगलबार र बुधबार सेवा लिन पाउने भएका छन् ।


आइतबार र सोमबार धनगढी उपमहानगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका नागरिकले र बिहिबार र शुक्रबार घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकाका नागरिकले सेवा पाउने भएका छन्। यसका साथै कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने समेत बताइएको छ ।



