सुदूरपश्चिम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

अत्तरिया, २४ चैत– कैलालीको अत्तरियामा ‘प्रथम मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता-२०७८’ सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रममा बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले उद्घाटन गरेका छन् ।

Dadeldhura hospital

तेक्वान्दो डोजाङ्ग अत्तरियाले आयोजना गरिएको प्रतियोगिताको मूख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद र हस्पिटल पार्टनर पद्मा अस्पताल प्रालि अत्तरिया रहेको छ ।

Navadurga sun
Godawari sandesh

प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र आयोजक टिम गरि ६ टिम सहभागि रहेका छन । प्रतियोगिता २६ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता अत्तरियाको पहाड रोडमा रहेको दुर्गालक्ष्मी सामुदायीक वन क्षेत्रमा संचालन भइरहेको छ ।

Loading...