कांग्रेससको तर्फबाट कृष्णपुरको मेयरमा १४ जनाको र उपमेयरमा ७ जनाको दाबी




कञ्चनपुर, २४ चैत– नेपाली कांग्रेसबाट कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयरको लागि १४ जनाले दाबी गरेका छन् भने ७ जनाले उपमेयरका लागि दाबी गरेका छन् ।



मेयर दाबी गर्नेहरूमा लेखराज जोशी, हेमराज ओझा, बिजय कुमार ओली, रतन बहादुर साउँद, डा.फुलराम चौधरी, नबराज जोशी, तौला राना, झेली थारु राना, गिरी राज पाण्डेय, गणेशराज पाण्डेय रहेका छन् ।


त्यस्तै अन्यमा प्रेम बहादुर बलायर, बिष्णु सिँ खडका, झँकर बहादुर खडका र मीन बहादुर सिँहले मेयरमा दाबी गरेका हुन् । त्यस्तै सोही नगरपालिकाको उपमेयरमा टिकेश्वरी पाण्डेय “प्रेरणा”, पार्बती देबी महता, द्रोपती राना, तिलु महरा, भुबन्स्वरी जोशी, निर्मला भट्ट र टिकेश्वरी खडकाले दाबी गरेका छन् । केन्द्रले केही दिन अधि नाम पठाउन भनेपछि उनिहरुले नगर समिती मार्फत दाबी गरेका हुन । मेयर उपमेयरको उम्मेदवारी शुल्क भने कांग्रेसले रु ७ हजार तोकेको छ ।