‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ शनिबार प्रतियोगिता आयोजना हुँदै

धनगढी, २४ चैत– कैलालीको धनगढीमा शनिवार हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ धनगढी जेसिजले चैत २६ गते उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

Dadeldhura hospital

नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा आयोजना हुन लागेको ‘मुख्यमन्त्री जेसिज एभरेस्ट धनगढी हाफ म्याराथन’को तयारी पूरा भएको प्रतियोगिताका मूल संयोजक महेश्वर ओझाले बताए । धनगढी हाप म्याराथनलाई सुदूरपश्चिम खेलकुद परिषद्ले मुख्य प्रायोजन गरेको छ । जसमा खुल्ला दौड, कर्पोरेट मिडिया दौड, महिला, विद्यार्थी र ट्राई सार्ईकल गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजक धनगढी जेसीजले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

खुल्ला दौड प्रतियोगितामा २१.५ किलोमिटरको रहने छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३३ हजार ३ सय ३३ तृतीय हुनेलाई २२ हजार २ सय २२ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

कर्पोरेट मिडिया दौड, महिला र विद्यार्थीको सवालमा भने ५ किलोमिटरमा प्रतिस्पर्धा हुनेछ । जसमा प्रथम हुनेलाई ५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३ हजार ३ सय ३३ तृतीय हुनेलाई २ हजार २ सय २२ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । ट्राई साइकलमा सहभागी सबै सम्मानसहित पुरस्कार दिइनेछ । प्रतियोगितामा सहभागी हुनेहरु अहिले सम्पर्कमा अइरहेको आयोजकले जनाएको छ ।

Loading...