धनगढीको खप्तड कलेजमा तालाबन्दी





धनगढी, २४ चैत– धनगढीको खप्तड कलेजमा तालाबन्दी गरिएको छ । कलेजमा अध्यनरत विद्यार्थीहरुले बिहिबार शैक्षिक सामाग्री अभाव रहेको र यसमा प्रशासनले चासो नदेखाएको भन्दै तालाबन्दी गरेका हुन् ।


उनीहरुले क्याम्पसको पुस्तकालयमा पुस्तक अभाव रहेको र कम्युटर ल्याबमा अधिकांश बिग्रेका कम्युटर मात्रै थन्काइएको बताएका छन् । जसका कारण पढाइमा समेत असर भएको उनीहरुले बताएका छन् ।

