कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनामा कोरोना पुष्टी



काठमाडौं– कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। आज जन्मदिन रहेका श्रेष्ठले आफूलगायत परिवारका ५ सदस्यलाई कोरोना भएको पुष्टी गरेका छन्। श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका छन्। ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनेका छन्।


साथै उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गरेका छन्। ‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला,’ उनले भनेका छन्, ‘जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’



