कृष्णपुर २ ले आफ्नो वडा भित्रका भलमन्साहरुलाई कुर्चि वितरण

अत्तरिया, २१ चैत– कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.२ ले आफ्नो वडा भित्रका वडघर/भलमन्साहरुलाई प्लास्टिकको कुर्चि वितरण गरेको छ । वडा कार्यालयले १३ वटा टोलका राना थारु समुदायका १३ भलमन्सालाई २०३ कुर्चि वितरण गरेको हो।
उक्त वितरण कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष जय नारायण जोशीको सभाअध्यक्ष रहेको कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्य शेर बहादुर बिष्ट रहेका थिए ।

Ganyapdhura gau
Dadhaldhura pur

कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नं.२ का निर्वाचत वडा सदस्य बहादुर चौधरी, काशिराम जैशी, नेकपा एमाले जिल्ला कमिटि कञ्चनपुर सदस्य दिलसरा खत्री लगायतको उपस्थिति रहेको थियो ।

Navadurga sun

कार्यक्रममा १३ वटा टोलका राना थारु समुदायका भलमन्साहरुमा फुलपति डगौरा, राम आसरे राना, अशोक चौधरी, राम कुमार चौधरी, जंग बहादुर चौधरी (२), प्रेम लाल राना, शिव राज राना, जंग बहादुर चौधरी (१), धन बहादुर चौधरी, राम नाथ राना, पतिराम चौधरी, सहदेव राना र हरी चौधरी लाई प्लास्टिकका कुर्चि वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य बहादुर चौधरी दिएका थिए भने कार्यक्रमको संचालन प्रकाश नाथ योगीले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...