अत्तरिया खानेपानीका अध्यक्ष सहितका पदाधिकारीले सपथ लिए




अत्तरिया, १८ चैत- कैलालीको अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा सर्बसम्मत नयाँ नेतृत्व चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्ष सहितका पदाधिकारीले शुक्रबार सपथ खाएका छन् ।



संस्थाको प्राङ्गणमा निर्बाचन समितिले उनिहरुलाई सपथ खुवाएको हो । सहमतिबाट नै कार्य समितिको अध्यक्षमा टीका दत्त जोशी, उपाध्यक्षमा शेर बहादुर बिष्ट, महासचिवमा माहादेब भट्ट, सचिबमा पुस्पराज (पि आर) चटौत, कोषाध्यक्षमा लक्ष्मण कठायत चयन भएका छन् ।


यस्तै सदस्यहरुमा उर्मिला बोगटी, कुन्तीदेबी पाण्डे, सकुन्तला सोप, रुपलाल बिक, भबानी दत्त भट्ट र रतना कामीले पनि सपथ खाएका छन् ।