दार्चुला नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनसंगै चुनावी कार्यदल गठन




दार्चुला, १८ चैत- सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारीहरुको उपस्थितिमा प्रदेश कमिटी सदस्यहरुको बैठक बसाई शुक्रबार जिल्ला समन्वय समिति र पालिका ईन्चार्जको टुंगो लगाईएको छ ।



बैठक नेकपा माओवादी केन्द्र दार्चुला जिल्लाका ईन्चार्ज लक्ष्मी विकको अध्यक्षतामा बसेको थियो । बैठकमा सुदूरपश्चिम प्रदेशका प्रदेश कमिटी ईन्चार्ज खगराज भट्ट प्रमुख अतिथि, कमान ईन्चार्ज लक्ष्मणदत्त जोशी विशेष अथिति एवम् प्रदेश कमिटी उपाध्यक्ष मानसिहं माल, प्रदेश कमिटी सचिव जनक बुढा लगायत दार्चुलाबाट प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त बैठकले माओवादि केन्द्रको जिल्ला समन्वय समिति संयोजनकमा मानबहादु धामी सन्तोष र सचिवमा पदम राज पन्त (प्रेम) सहित ६१ सदस्यिय जिल्ला समन्वय समिति चयन गरेको छ ।


यस्तै शुक्रबार बसेको बैठकले दार्चुलाका नौवटै पालिकाहरुको इन्चार्जहरुको पनि टुङ्गो लगाएको हो । बैठकले व्याँसमा उपेन्द्र कुवँर, दुहूँमा विक्रम कुवँर, महाकालीमा दिपक राज जोशी, मालिकार्जुनमा, पदम राज पन्त (प्रेम), लेकममा राम दत्त जोशी, शैल्यसिखरमा केशव विक, नौगाडमा दलजित सिंह धामी, मार्मा, जमन सिंह धामी (दिव्य) र अपि हिमालमा भगत सिंह ठेकरे बोहरालाई इन्चार्जको जिम्मेवारी दिएको हो ।
यस्तै बैठकले गठबन्धनमा रहेका दलहरुका बीचमा चुनावी तालमेलका लागि मानबहादुर धामीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समन्वय कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यहरुमा जमन सिंह धामी (दिव्य), पदम राज पन्त (प्रेम) रहेका छन् । बैठकले शनिबार जिल्ला समन्वय समितिको बैठक एवं अगुवा कार्यकर्ता भेला पनि बोलाएको जिल्ला समन्वय समितिका सचिव पदम राज पन्त (प्रेम)ले जानकारी दिए ।