कृष्णपुरको गुलरियामा समाजवादीको नगर कमिटि कार्यालय उद्घाटन

कञ्चनपुर, १६ चैत– नेकपा एकिकृत समाजवादीले कञ्चनपुरको कृष्णपुर नगरपालिका पाटी कार्यालय उद्घाटन गरेको छ । बुधबार कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरियामा समाजवादीले नगर कमिटि कार्यालयको उद्घाटन गरेको हो । समाजवादीले कृष्णपुर नगरको पुर्व र पश्चमी दुई भुगोलमा पायक पर्ने वडा र जनसंख्यालाई केन्द्रमा राखेर नगर पाटि कार्यालय संचालनमा ल्याएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

नगर पाटी कार्यालय उद्घाटन गर्दै नेकपा एकिकृत समाजवादी सुदूरपशिचम प्रदेश सदस्य तथा कृष्णपुर नगरपालिका निर्वाचन परिचालन संयोजक सुरेन्द्र बमले अब कृष्णपुर नगरपालिका समाजवादीको लालकिल्ला बन्ने घोषणा गरेका छन् ।

Navadurga sun

नेता बमले सिङ्गो देश, प्रदेश, जिल्ला, पालिका, वडा समाजवादीको पक्षमा देखिएकाले कृष्णपुर नगरपालिका समेत लालकिल्ला बन्ने घोषणा गर्दै नेता कार्यकर्तालाई चुनावमा होमिन निर्देशन दिएका हुन् । पालिका सरकारले गरेको भ्रष्टाचार बिरुद्ध अभियान चलाउन र राम्रो कामको सर्मथन साथ दिन समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...