कैलालीमा नेपाल पत्रकार महासंघले ६७ औँ स्थापना दिवस मनाइयो

धनगढी, १६ चैत– नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवस कैलालीमा पनि मनाइएको छ । दिवसको अवसरमा कैलालीमा खाद्यान्न सहयोग र मैत्रीपूणर् फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

Dadeldhura hospital

नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समिति र कैलाली शाखाको संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।खाद्यान्न वितरण अन्तरग मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष योगेश रावलले बताए ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी थिइन ।

प्रतियोगिता खेलकुद पत्रकार मञ्च कैलालीको संयोजनमा सम्पन्न भएको थियो । प्रतियोगितामा पत्रकारको समूह ‘क’ ले समूह ‘ख’लाई ७-५ को गोलले पराजित गरेको थियो ।

Loading...