गोदावरी नगरपालिकाको नवनिर्मित भवनको नगर प्रमुख साउँदले गरे उद्घाटन

अत्तरिया, १४ चैत– कैलालीको गोदावरी नगरपालिकाको नव निर्मित भवनको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच नगरपालिकाका नगर प्रमुख हरिसिंह साउँदले उद्घाटन गरेका हुन ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा रहेको आफ्नै जग्गामा बनेको भवनको मेयर साउँदले रिबन काटेर भवनको उद्घाटन गरेका हुन् । एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई मार्फत भवन निर्माण भएको हो ।

नगरपालिकाको भवन निर्माणका लागि एमरएस शर्मा एण्ड कम्पनी संग ठेक्का सम्झौता भएको थियो । उक्त कम्पनी संग २०७६ साल मंसिर २० गते १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

भवन निर्माण पूर्ण रुपमा हुन भने अझै केही समय लाग्ने भएको छ । उद्घाटन कार्यक्रममा मेयर साउँदले निर्माण कम्पनीको ढिलासुस्तीका कारण भवन निर्माणमा केहि ढिलाई हुन गएको बताएका छन् ।

Loading...