सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

धनगढी, १३ चैत– सुदूरपश्चिम प्रदेशसभा सचिवालयको नवौं हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेशसभाको आठौं बर्से अधिवेशन गत असोज १५ गते राति १२ बजेदेखि अन्त्य गरिएको थियो । संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाको एउटा अधिवेशन अन्त्य भएको ६ महिना भित्र अर्को अधिवेशन बोलाउनु पर्ने हुन्छ ।

Dadeldhura hospital

अधिवशेनको पहिलो बैठकमा सांसदहरूले शुभकामना दिने र प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेश दूग्ध विकास बोर्ड (पहिलो संशोधन) ऐन, २०७८ सभामा टेवल गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले बताए ।

Navadurga sun
Godawari sandesh

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूणर्ा जोशीका अनुसार हिउँदे अधिवेशनका लागि प्रदेश सरकारले ६ वटा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ । प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले विधेयक तयार पारिएको जनाइएको छ ।

Loading...