गोदावरीमा भ्यानले साईकललाई ठक्कर दिँदा एक जना घाईते

Dadeldhura hospital

अत्तरिया, १३ चैत– कैलालीको गोदावरी नगरपालिकामा भ्यानले साईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन ।
घाईते हुनेमा नगरपालिकाको वडा नं. ६ का २५ वर्षिय अर्जुन सुनार रहेका छन । नगरपालिकाको वडा नं. १ बसन्तपुरमा पुर्वबाट पश्चिमतर्फ आईरहेको सुपप्र ०१००१ च ३१४१ नम्बरको भ्यानले विपरित दिशातर्फ गईरहेको साईकललाई ठक्कर दिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाईते सुनारको उपचार भैरहेको तथा गाडी र चालक धनगढी उपमहानगरपालिका वडा नं. ३ का आशाराम चौधरीलाई ईलाका प्रहरी कार्यालय मालखेतीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Loading...