मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाईते


टीकापुर, ६ बैशाख- कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पछाडी सवार सोही ठाउँका ४५ वर्षीय अनिल जोशि घाइते भएका छन् ।



मृत्यु हुनेमा टिकापुर नगरपालिका वडा नं. १ बस्ने ६० वर्षीय राजु चन्द रहेको प्रहरीले जनाएको छ । सत्तिबाट टिकापुर जाने क्रममा टिकापुर नगरपालिका वडा नं. ५ मौरानियामा चन्दले चलाएको से ७ प १३४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


मोटससाईकल दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा चन्दको बाटोमै मृत्यु भएको हो भने जोशिको टाउकोमा चोट लागेको छ । उनको नेपालगञ्जमा उपचार भइरहेकोे छ ।



