कैलालीको घोडाघोडी १ मा माओवादीले उम्मेदवारको टुङ्गो लगायो




धनगढी, १२ चैत– कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागी वडाध्यक्षमा लक्ष्मण निउरेलाई अगाडि सारेको हो ।



शनिवार बसेको जिल्ला समन्वय समिति र नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटीको पूणर् बैठकले सर्वसम्मत रूपमा लक्ष्मण निउरेलाई उम्मेदवार बनाउने निणर्य गरेको हो ।


निउरे नेकपा माओवादी केन्द्र घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा कमिटी अध्यक्ष पनि हुन् । वडा सदस्यहरू भने गठबन्धनको टुङ्गो लागेपछि टुङ्ग्याउने माओवादी केन्द्रले जनाएको छ ।