सत्यवती एकेडेमीको १० औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
बिभिन्न क्षेत्रमा योगदान पुर्याउने ५ जना समाजसेवीलाई सम्मान





अत्तरिया, १२ चैत– सत्यवती एकेडेमीले आफ्नो १० औं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७८ सम्पन्न गरेको छ । शनिवार गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सत्यवती एकेडेमीले बिबिध सांस्कृतिक कार्यक्रम लगायत नाटक समेत प्रदर्शन गरी वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हो ।





कार्यक्रम हरिना देवी कडायतको सभाध्यक्ष भएको कार्यक्रमको प्रमुख अतिथी प्रध्यापक डा. हेमराज पन्त रहेका थिए भने विशिष्ट अतिथीमा ऐश्वर्य बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट रहेका थिए ।
त्यस्तै कार्यक्रममा दुर्गा लक्ष्मी बहुमुखीका भुपु प्राध्यापक अध्यक्ष तथा संरक्षक गिरी राज कडायत, पुष्पाञ्जली आवाशिय माध्यमिक विद्यालयका प्रिन्सिपल यम प्रसाद भण्डारी, धर्म राज नौन्याल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संचालन शिक्षक समिर महराले गरेका थिए ।

पाँच जना समाजसेवी व्यक्तिहरु सम्मानित

बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ जना समाजसेवी व्यत्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेहरूमा धनगढी दृष्टि फाउन्डेसन संचालिका कल्पना भट्ट र अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसकी संचालिका जानकी मलासीले ५/५ हजार नगद सहित दोसल्ला प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
त्यसैगरी अर्का सम्मानित हुनेमा भोज बहादुर साँउद जसले कोभिड १९ को समयमा धेरै ठाउमा खटी दिर्घ रोगी, दम, मुटुको समस्या भएका बिरामीहरुलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गरेकोमा दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यस्तै थ्रिडीभिएल त्रियसनले पनि समाजाजिक कार्यमा अग्रसर भई आफ्नो अतुलनिय भुमिका निभाएको भन्दै त्रियसनका संचालक दिपक ओझालाई सम्मान गरेको छ ।
त्यस्तै अर्का सम्मान हुनेमा समाजेसेवी गणेश जिमी साउँद रहेका छन् उनले कोभिड १९ को समयमा खाना महा अभियान संचालन गरी सामाजिक कार्यमा ठूलो योगदान पुर्याए वाफत दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको छ ।



