सत्यवती एकेडेमीले सत्यवती विशु मेला सम्पन्न गर्‍यो, बार्षिक उत्वस भोली हुँदै

अत्तरिया, ११ चैत– कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको सत्यवती एकेडेमीले सत्यवती विशु मेला २०७८ सम्पन्न गरेको छ । एकेडेमीले आज शुक्रबार विभिन्न कार्यक्रम गरी विशु मेला सम्पन्न गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

एकेडेमीले मेलाका आर्कषकणका रुपमा विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्पकला प्रदर्शनी, सुदूरपश्चिम जिल्लाहरुको भौगोलिक, साँस्कृतिक, धार्मिक र पर्यटकिय पहिचान गर्ने छुट्टा छुट्टै स्टलहरु समेत राखिएको थियो ।

त्यस्तै मेलामा काठको चर्खा, पिङ्ग, परम्परागत सामानहरुको संग्रह, परम्परागत पोशाकहरुको संग्रह, सुदूरपश्चिमका परम्परागत खानाहरुको समेत प्रदर्शनी गरिएको थियो । त्यस्तै मेलामा सखिया नाच, राना थारु होरी नाच, पञ्चेबाजा, देउडा, भुवानाच समेत प्रदर्शनी गरिएको थियो ।

त्यसैगरी एकेडेमीले भोलि शनिबार आफ्नोे १० औं बार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरि मनाउन लागेको छ ।

Loading...