सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्यो (बिज्ञापन सहित)

धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले पदपूर्तिका लागि पहिलोपटक विज्ञापन आह्वान गरेको छ । आयोगले बुधबार खुला तथा समावेशी प्रतियोगितात्मकतर्फ स्थायी पदपूर्ति गर्न १६७ जनाका लागि विज्ञापन आह्वान गरेको हो ।

आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो । प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको हो । आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी/जनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइन मार्फत आवेदन दिन पाउनेछन्  । कक्षा ८ उत्तीणर् भई शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष र महिला तथा अपाङ्ग उम्मेदवारहरुको हकमा ४० बर्ष ननाघेको उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित बिज्ञापन:

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”10978″ /]

Loading...