सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा युवा परिषद्ले पायो पूणर्ता

धनगढी, ९ चैत– प्रदेश युवा परिषद् सुदूरपश्चिमले पूणर्ता पाएको छ । यसअघि प्रदेशमा कार्यकारी उपाध्यक्ष सहित सदस्यहरु सहितको प्रदेशस्तरीय समिति मात्रै गठन भएकोमा बुधबार परिषद्ले पूणर्ता पाएको हो ।

प्रदेशमा प्रदेश युवा परिषद् र जिल्लास्तरका समितिलाई जिल्ला युवा सशक्तिकरण समिति भनिने बताइएको छ । उक्त समितिले प्रदेश युवा परिषद् मातहतमा रहने गरि कार्य गर्नेछ । गठित जिल्ला युवा सशक्तिकरण समितिका ९ वटै जिल्लाका अध्यक्षहरुलाई बुधबार नै सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमका साथ सपथ समेत खुवाएको छ ।

Navadurga sun

सपथ ग्रहरणको कार्यक्रममा मन्त्रालयका मन्त्री लालबहादुर खड्का, राज्यमन्त्री मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरु, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष, परिषदका कार्यालय प्रमुख लगायत अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

गठित जिल्ला युवा सशक्तिकरण समितिका ९ वटै जिल्लाका अध्यक्षहरु :
कैलाली जिल्लाबाट : बाबुराजा श्रेष्ठ
कञ्चनपुर जिल्लाबाट : दिपक विसि
डडेल्धुरा जिल्लाबाट : करन साँउद
बझाङ्ग जिल्लाबाट : देविजङ्गबहादुर सिह
बैतडी जिल्लाबाट : बिरेन्द्रबहादुर धामी
डोटी जिल्लाबाट : प्रकास जैसी
दार्चुला जिल्लाबाट : दिनेस अवस्थी
बाजुरा जिल्लाबाट : दिपकबहादुर खत्री डडाल
अछाम जिल्लाबाट : नयनबहादुर सोडारी

ADD Khali jpg
ADD Khali jpg
Loading...