धनगढीमा भोलिदेखि हुने सुदूरपश्चिम महोत्सव उद्घाटन मुख्यमन्त्रीले गर्ने

धनगढी, ९ चैत– धनगढीमा भोलि बिहीवारदेखि १५औँ सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ । उक्त महोत्सवको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम तए भएको छ ।

Dadeldhura hospital

कैलाली उद्योग वणिज्य संघले बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै तयार ९५ प्रतिशत पूरा भएको बताएको छ । झण्डै तीन सय स्टलहरुमा ९० प्रतिशत बुक भएका छन् । महोत्सवको तयारी लगभग पूरा उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

उनले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राखिने बताए । धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग राखिने उनले बताए । महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ । चैत महिनामा महोत्सवको आयोजना गर्न लागिएकाले प्रकोपको जोखिम रहेको भन्दै सचेत रहेको उनले बताए । महोत्सव राति ८ बजेसम्म सञ्चालन हुनेछ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा करिब १० करोडको कारोबार हुने कैलाली उद्योग वणिज्य संघले जनाएको छ ।

Loading...